०१ असार २०८३, सोमबार

प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन

चैत २२, २०७४
प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन
सन्दर्भ तस्वीर

काठमाडौं, २२ चैत– सरकारले उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रण गर्न छुट्टै एकाइ गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण विभागका उपसचिव शंकर पौडेलको संयोजकत्वमा प्रदूषण नियन्त्रण एकाइ गठन गरेको हो ।

एकाइमा आवश्यकताअनुसार प्राविधिक थपिँदै जाने भएका छन् । वायू मापन उपकरणले प्रदूषण बढ्दै गएको देखाएपछि नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अग्रसरता लिएका हुन् । प्रदूषणसम्बन्धी मापन गर्न काठमाडौंको रत्नपार्क, ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल, चितवनको सौराह र लुम्बिनीमा उपकरण राखिएको छ । 

पौडेलको संयोजकत्वमा बनेको एकाइले प्रदूषण नियन्त्रणसम्बन्धी मात्र काम गर्नेेछ । ‘एकाइले उपत्यकामा कुन–कुन कारणले प्रदूषण बढ्दै गएको छ भन्ने अध्ययन गर्छ ।’ पौडेलले भने, ‘प्रदूषण गर्ने सरोकारवालालाई बोलाएर नियन्त्रण गर्न लगाइन्छ ।’ उपत्यकामा सबैभन्दा धेरै प्रदूषण गाडी, इँटा उद्योग, चक्रपथ विस्तार, मेलम्ची खानेपानीको पाइप गाड्नेजस्ता कारणले हुने गरेको छ ।, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्