१३ असार २०८३, शनिबार

धनुषामा जर्दाको बट्टामा राखिएको बम विस्फोट, एक महिला घाइते

चैत २२, २०७४
धनुषामा जर्दाको बट्टामा राखिएको बम विस्फोट, एक महिला घाइते

जनकपुरधाम, २२ चैत- धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ मा बेबारिसे बम विस्फोट हुँदा एक महिला घाइते भएकी छन् ।

जर्दा (सुर्ती)को बट्टामा हालेर झोलामा राखिएको बम विस्फोट भएर छर्राले लाग्दा स्थानीय तिखीमाया तामाङ घाइते भएकी हुन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहान साढे ७ बजेतिर खेतमा जाँदै गरेकी तामाङ बाटोमा एउटा आँपको रुखमुनि पुग्दा बम विस्फोट भएको थियो ।

उनको हात, खुट्टा र छातीमा चोट रहेको अञ्चल अस्पताल जनकपुरका डाक्टर केवी दासले जानकारी दिए ।

विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्