
चर्चित भारतीय अभिनेता सलमान खान समस्यामा परेका छन् ।
बहुचर्चित कालो हरिण शिकार अभियोगमा फिल्म अभिनेता सलमान दोषी ठहर भएका छन् ।
यसका साथ अन्य सवै आरोपीले सफाइ पाएका छन् ।
सरकारी वकिलले सलमान खानलाई ६ वर्षको जेल सजायको माग गरेका छन् ।
दुई बहिनीसँग अदालत गएका सलमान निकै दुखि देखिएका छन् ।
अदालतमा बहस पुरा भएको छ अब केही बेरमा सजायको फैसला आउने छ ।
वकिलले कोर्टसमक्ष सलमानलाई कम सजायको माग गरेका छन् ।
कालो हरिणको सिकार गरेको २० वर्ष पुरानो अभियोगमा उनी मुद्दा झेलिरहेका थिए ।
कालो हिरण शिकार मामलामा फिल्म अभिनेता सलमान खान, सैफ अली खान, अभिनेत्री नीलम, सोनाली तथा तब्बु माथि आरोप लागेको थियो ।