१२ असार २०८३, शुक्रबार

श्रीमान् पसिना बगाउँदै, श्रीमती जुवामा रमाउँदै

चैत २३, २०७४
श्रीमान् पसिना बगाउँदै, श्रीमती जुवामा रमाउँदै

काठमाडौँ, २३ चैत–महानगरीय प्रहरी परिसर काठमाडाँैंले सामाजिक विकृति विरुद्धको कारवाही अभियानअन्तर्गत राजधानीमा जुवाडेहरूलाई पक्राउ गर्न थालेको छ । महानगरीय प्रहरी कार्यालय र परिसरले यस हप्ता गोकर्णेश्वर, गोंगबु नयाँबसपार्क, मित्रनगर, कुलेश्वर ह्वाइट र तारकेश्वरमा छापामारी ५० जनालाई जुवा खेलेको अभियोगमा पक्राउ गरेको छ । उनीहरूका साथबाट करिब १८ लाख ९० हजार रुपियाँ बरामद भएको छ । 

काठमाडौँ परिसर प्रमुख विश्वराज पोखरेलका अनुसार तारकेश्वर कैलाशटोलस्थित कोपिला अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार रुपियाँसहित १७ जना र कुलेश्वर ह्वाइटस्थित अजयकुमार शाक्यको घरबाट दुई लाख रुपियाँसहित १७ जना जुवाडे पक्राउ परेका छन् । 

त्यस्तै, गोंगबुबाट पाँच लाख ९३ हजार रुपियाँसहित पाँचजना र गोकर्णेश्वरस्थित पूर्ण लामाको घरबाट छ लाख ४० हजार रुपियाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवा अखडाबाट पक्राउ परेका अधिकांश महिलाहरूका श्रीमान् वैदेशिक रोजगारीमा गएको पाइएको छ । 

‘श्रीमान् विदेशमा दुःख गर्ने, तर श्रीमती अर्कै व्यक्तिसँग टाँसिएर जुवा अखडामा मस्ती गर्ने गरेका छन्” परिसर प्रमुख पोखरेलले भन्नुभयो । जुवा खालमा नगद खर्च गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ । जुवाका अखडाबाट एक आपसमा चिनजान हुने र जुवा जित्नेले मनोरञ्जन गराउने भन्दै महिलाहरूलाई राति डिस्को, डान्स र दोहोरीमा लैजाने गरेको पाइएको छ ।, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्