काठमाडौं, २३ चैत– ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ आजदेखि शुरु हुँदै छ । महोत्सव २५ चैतसम्म चल्ने छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौँमा आयोजना गरेको महोत्सवमा एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली हावापानीमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्न सम्मेलन गर्न लागेको जानकारी दिए ।
महोत्सवमा सहभागी राष्ट्रका प्रतिनिधिले सम्बन्धित देशको विशेषता तथा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे अन्तक्र्रिया र त्यहाँ उत्पादन हुने चिया प्रदर्शन गरिने कार्यक्रम छ । महोत्सवका बेला विदेशी पाहुनालाई सगरमाथाको आधारशीला स्याङबोचेमा लगेर नेपाली चिया खुवाउने कार्यक्रम रहेको छ ।