०१ असार २०८३, सोमबार

गुराँसको राजधानी गुफापोखरी सडक सञ्जालसँग जोडिँदै

चैत २३, २०७४
गुराँसको राजधानी गुफापोखरी सडक सञ्जालसँग जोडिँदै

संखुवासभा, २३ चैत– गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवं पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर—नूनढाकी —गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ । 

स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी गुफापोखरी सडकखण्डअन्तर्गतको सडक निर्माण कार्यले तीव्रता पाएको छ । चैनपुर नगरपालिकाको रु १५ लाख बजेटबाट सो खण्डको करीब नौ किमी सडकमध्ये पाँच किमी धुले सडक निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान लिम्बूले जानकारी दिनुभयो । 

लिम्बूका अनुसार एक हप्ताभित्र बाँकी रहेको तीन किमी सडकलाई पूरा गरी पर्यटकीयस्थल गुफापोखरीलाई जोडिने भएसँगै गुफावासीमा उत्साह छाएको छ ।

वार्षिकरुपमा हजारौँको संख्यामा पर्यटक भित्रने सो पर्यटकीयस्थल गुफा पोखरी आवतजावत गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यो सडक निर्माण कार्य सम्पन्न भएसँगै आवतजावतमा सहज हुने बताइएको छ । 

आगामी चैत २८ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली पैदलयात्रा गर्दै सो पर्यटकीयस्थल गुफापोखरी आउने भएसँगै सो क्षेत्रका स्थानीयवासी गुफापोखरीलाई पर्यटन प्रवद्र्धनको माध्यमबाट यो क्षेत्रको समग्र विकास हुनेमा आशावादी रहेको स्थानीयवासी हरि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ दिनअघि सो क्षेत्रमा एक हजारभन्दा बढी पर्यटक सो क्षेत्रमा भित्रिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्