२२ जेठ २०८३, शुक्रबार

गाउँलेलाई बन्दुक देखाएर भागेका थिए सलमान खान

गाउँलेलाई बन्दुक देखाएर भागेका थिए सलमान खान

मुम्बई– कालो हरिणको शिकार गरेपछि अभिनेता सलमान खान गाउँलेलाई बन्दुक देखाउँदै भागेका थिए ।

भारतीय अखबार हिन्दुस्तान टाइम्समा छापिएको समाचारअनुसार हरिण मारेपछि जब सलमान भाग्न लागेका थिए, केहि गाउँले हिम्मतका साथ उनको पीछा लागेका थिए । तर, उनलाई गाउँले फेला पारी घेराउ गर्न थालेपछि बन्दुक देखाएर भाग्न सफल भएका थिए ।

२० वर्षअघि गाउँलेले सलमानलाई नियन्त्रणमा लिन नपाएपनि हाल आएर अदालतले ५ वर्षको सजाय सुनाइसकेको छ ।

 बिहिबारको जोधपुरको चीफ ज्युडिशियल मजिस्ट्रेट (सीजेएम) को अदालतले खानलाई दोषी करार गर्दै ५ वर्षको सजाय सुनाएको हो । उनलाई अदालतले १० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्