२३ जेठ २०८३, शनिबार

सलमानलाई जमानतमा छुटाउने योजना असफल, अब के हुन्छ ?

सलमानलाई जमानतमा छुटाउने योजना असफल, अब के हुन्छ ?

कालो हरिण शिकार अभियोगमा पाँच वर्षको जेल सजाय पाएका सलमान खानले विहीबारको रात जेलमा विताएका छन् । 

सलमानको वकिलले आज –शुक्रबार) सलमानलाई जमानतमा छुटाउनका लागि तयारी गरेका थिए । तर उनको योजना असफल भएको छ । जोधपुरको कन्द्रीय जेलमा आजको रात पनि उनले विताउनु पर्ने भएको छ । 
निकै तयारी र दलील पछि पनि सलमानका वकिलले उनलाई जोधपुर सेशन्स कोर्टबाट जमानत दिलाउन असफल भएका हुन् । 

करिब डेढ घन्टा चलेको बहसपछि अदालतले उनको जमानतमा फैसला शनिवार विहानसम्मका लागि सुरक्षित गरेको छ । अब भोलि साढे १० बजे उनको सजायमाथि सुनुवाई फेरि हुने छ । 

सलमानको जमानत टार्नका लागि विरोधी पक्षका वकिलले सीजेएम अदालतबाट रेकर्ड माग्नुपर्ने तर्क पेश गरे जसको महत्वपूर्ण भूमिका रहन गयो । अदालतले रेकर्ड माग्दै भोलिसम्मका लागि सुनुवाई स्थगित गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्