३० जेठ २०८३, शनिबार

सलमानलाई जेलमा भेट्न पुगिन् प्रीति, अरु कोही गएनन् !

सलमानलाई जेलमा भेट्न पुगिन् प्रीति, अरु कोही गएनन् !

जोधपुर सेशन कोर्टले सलमान खानलाई जमानतमा छोड्नका लागि भोलि पुनः सुनुवाई गर्ने भएको छ । अब सलमानको आजको रात पनि जेलमा नै वित्ने पक्का भएको छ । उनलाई जमानतमा छुटाउन वकिलले प्रयास गरेपनि असफल भएका छन् । 

यसबीचमा अभिनेत्री प्रीति जिन्टा सलमानलाई भेट्न जोधपुरको जेलमा पुगेकी छिन् ।

समस्यामा परेका सलमानसँग भेट गर्ने उनी पहिलो वलिउड अभिनेत्री बनेकी छिन् । 

सलमान र प्रीतिबीच जोधपुर सेन्ट्रल जेलमा कुराकानी भएको छ । सलमान खानको सजायमाथि कयौं हस्तीहरुले दुख व्यक्त गरेका छन् । 

सवै स्टारहरुले सलमानको पक्षमा भनाइहरु सार्वजनिक गरिरहेका छन् । तर उनलाई भेट्न भने कोही पनि पुगेको थिएन । 

प्रीति जिन्टा र सलमान खानले कयौं फिल्ममा साथ साथ काम गरेका छन् । उनीहरुबीचको सम्बन्ध राम्रो छ । जसका कारण सलमानको हिम्मत बढाउनका लागि उनी जेलमा पुगेकी हुन् । 

सलमान खान १९९८ मा कालो हरिणको शिकार गरेको अभियोगमा दोषी ठहर भएसँगै पाँच वर्ष जेल सजाय पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्