०२ असार २०८३, मंगलबार

कैदी नम्बर १०६ का सलमान– चनाको दाल र बन्दागोभी खाएर भुँइमा सुते

कैदी नम्बर १०६ का सलमान– चनाको दाल र बन्दागोभी खाएर भुँइमा सुते

कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले पाँच वर्षको जेल सजाय पाएका छन् । यो फैसला आएसँगै सलमानका फ्यानहरुलाई नराम्रो झट्का लागेको छ । 

सजायको घोषणा भएसँगै सलमानले बिहीवार रात जोधपुर जेलमा विताए । शुक्रबार डेढ घन्टा चलेको बहसमा सलमानलाई जमानत दिन अदालतले अस्विकार गरेको छ । 

सलमानले जेलमा के खाए ?

जोधपुर जेलका डीआइजी बिक्रम सिंहका अनुसार बिहीवार राति सलमान खानलाई अन्य कैदी जस्तै खानामा चनाको दाल तथा गोभीको तरकारी दिइएको थियो ।

सिंहका अनुसार सलमानले जमिनमा सुतेर नै विताएका थिए । 

मिडिया रिपोर्टका अनुसार सलमानले जेलमा ट्वाइलेट बनाउने विषमा पनि सोधे जसमा जेल प्रशासनले सलमानलाई मद्दत गर्न भनेको थियो । यसअघि सलमान २००७ पनि यही जेलमा बसेका थिए । त्यसबेलाको जेलबसाईमा ट्वाइलेटको समस्या भएको उनले बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्