२२ जेठ २०८३, शुक्रबार

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय

सोल, २३ चैत- दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । 

उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ । 

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ । पूर्वराष्ट्रपति हाई थुनामै छिन् ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उनी अनुसन्धानका लागि थुनामै रहँदै आएकी छन् ।

उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो । यद्यपी उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए । 

पार्क ६६ वर्षकी छन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो । 

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । 

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् ।

salt training

कमेन्ट गर्नुहोस्