०३ असार २०८३, बुधबार

सामसङले ल्यायो नयाँ अफर– “२०७५ साल सामसङ अफर बबाल”

सामसङले ल्यायो नयाँ अफर– “२०७५ साल सामसङ अफर बबाल”

संसारको सबैभन्दा विश्वसनीय ब्राण्डहरुमध्येको एक, सामसङ व्यक्तिगत जीवनलाई सहज बनाई सामाजिक समृद्धिको निम्ति विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा आविष्कारको माध्यमले नवीन र प्राविधिक रुपमा सक्षम भविष्य निर्माण गर्न प्रतिबद्ध छ ।

नेपालको सर्वाधिक बिक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो “२०७५ साल सामसङ अफर बबाल” घोषणा गरेको छ । 
“नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ,” सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले भने ।  

योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । अब उपभोक्ताले Galaxy Tab S3 को खरिदमा लेभल बक्स स्पिकर, S8/ S8 + को खरिदमा लेभल यु फ्लेक्स तथा Note 8को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउँनेछन् । 

उक्त उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको छ । 

रु ६०९० को छुट सहित Note 8 जसको वास्तविक मूल्य रु १०२,९९० रहेको थियो अब रु ९६,९०० मा उपलब्ध हुनेछ । साथै, रु ७००० को छुटसँगै S8+ को मूल्य रु ८६,९०० बाट रु ७९,९०० तथा S8 को मूल्य रु ७६,९०० बाट रु ६९,९०० तय गरिएको छ । 

त्यसैगरी, रु २००० को छुट सहित J7 Pro र J7 Max को मूल्य क्रमशः रु ३२,९०० बाट रु ३०,९०० तथा रु २८,२९० बाट रु २६,२९० तोकिएको छ । J7 Prime 2 को मूल्य अब रु २७, ९९० र J7 Nxt (32 GB)   को मूल्य रु २०,९९० निर्धारित गरिएको छ जसको मूल्य क्रमशः रु २८,९९० र रु २१,९९० रहेको थियो भने रु १२०० को छुट सहित On Nxt को मूल्य रु २५,१९० बाट रु २३,९९० तय गरिएको छ ।  

बजारमा नवीन तथा आकर्षक अफरहरु ल्याउने ठूला ब्राण्डहरुमा सामसङ पनि पर्दछ । यस “२०७५ साल सामसङ अफर बबाल” योजना दुवै कम्पनी तथा उपभोक्ताका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । 

सामसङ सम्बन्धी थप जानकारीका लागि news.samsung.com मा जानुहोस् । 
 

salt training

कमेन्ट गर्नुहोस्