११ साउन २०८३, सोमबार

अदातलको आदेशपछि स्वास्थ्य केन्द्रमा पुगे चिकित्सक

अदातलको आदेशपछि स्वास्थ्य केन्द्रमा पुगे चिकित्सक

नेपालगञ्ज, २३ चैत - बाँके नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा एक जना चिकित्सकलाई पठाइएको छ । 

उच्च अदालत तुलसीपुर—नेपालगञ्ज इजलाशले गत चैत १४ गते विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले जानकारी दिए । 

नरैनापुर गाउँपालिका—२ लक्ष्मणपुरमा २०५० सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि त्यहाँ चिकित्सकहरु नियमित बस्ने गरेका थिएनन् । 

अदालतबाट भएको सो आदेशले गाउँपालिकाका नागरिकलाई ठूलो राहत मिलेको अध्यक्ष शाहले बताए । उनले  स्वास्थ्य केन्द्रमा चिकित्सकलाई नियमित बनाई राख्न गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको अस्पतालको काम छिट्टै सक्ने प्रतिबद्धता पनि व्यक्त गरे  । 

salt training

कमेन्ट गर्नुहोस्