०९ असार २०८३, मंगलबार

प्रेम गर्ने डरले जब अभिभावकले छोरीलाई विद्यालयनै पठाएनन् !

कात्तिक २०, २०७४
प्रेम गर्ने डरले जब अभिभावकले छोरीलाई विद्यालयनै पठाएनन् !
काठमाडौं, २१ माघ - कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग प्रेम गरेर भागेपछि गाउँका अभिभावकले छोरीहरुलाई एक सातसम्म विद्यालय पठाएनन् । अन्नपूर्ण पोस्ट् दैनिकका अनुसार घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वारदेवी माध्यमिक विद्यालयको हो ।love
यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो ।

‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गरेर गाउँ छाड्न थालेपछि अभिभावक छोरीलाई विद्यालय पठाउन मान्दैनन्’, पर्सा डकैला बहुअरीकी किशोरी उमिता यादवले भनिन् ,‘जति सम्झाए पनि अभिभावक छोरीलाई स्कुल पठाउन मान्दैनन् ।’ सुशीला र उमिता दुवै गैरसरकारी संस्था अस्मान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी नामक कार्यक्रममा कार्यरत छन्। 

उमेर पुगेर पनि विद्यालयको पहुँच बाहिर रहेका र पढ्दा-पढ्दै विविध कारणले बीचमै विद्यालय छाडेका किशोरीलाई लक्षित गरेर अस्मान नेपालले पर्साको वीरगन्ज उपमहानगरपालिका, पोखरीया नगरपालिका र विभिन्न आठ गाविसमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्