
पर्सा, २४ चैत– हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्या अभियोगमा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगन्जले जन्मकैद सजाय सुनाएको छ ।
अदालतका स्रेस्तेदार बाबुराम दाहालका अनुसार न्यायाधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले फागुन २८ मा यो सजाय सुनाएको हो । कान्तिपुरमा खबर छ ।