२३ असार २०८३, मंगलबार

बिहे गरेको २४ घण्टामै विधवा बनिन् यी बेहुली, कारण यस्तो

कात्तिक २०, २०७४
बिहे गरेको २४ घण्टामै विधवा बनिन् यी बेहुली, कारण यस्तो
काठमाडौं, – के तपाईँले बिहेको २४ घण्टा नबित्दै कोहि महिला विधवा भएको सुन्नु भएको छ ? भारतको पञ्जाव–लुधियानामा रहेको रोपड रोडस्थित एक गाउँमा यस्तै घटना दुःखद घटेको छ ।
विहेको रमझम चलिरहेकै थियो तर प्रितिभोजका दिन अचानक दुलाहा गगनदीप सैनीको मृत्यु हुन पुगेको दैनिक भास्करले समाचार लेखेको छ ।punjab3_1485986234
बिहेको भोलिपल्ट भइरहेको प्रिजिभोजमा बेहुला गगनदीप सिंह सैनी अचानक बेहोस भएर भूईमा बजारिन पुगेका थिए भने परिवारका सदस्यले हतारहतार अस्पताल लगेपनि उनको बाटैमा मृत्यु भइसकेको थियो । अस्पताल पुग्दासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
प्राप्त जानकारीअनुसार गगनदीप सिंह सैनी गाउँमै इलेक्ट्रोनिक्स पसल चलाउँथे भने उनको बिहाव जनवरी २९ का दिन स्थानीय माछीवाडाकी युवती कुलबिन्दर कौरसँग भएको हो । उनी नियमित व्यायाम गर्ने भने दुव्यवसनीबाट पनि टाढा थिए । तर ३० जनवरीका दिन उनी अचानक बेहोर भएर ढलेपछि परिवारमा बज्रपात आइलाग्यो नै बिहेको २४ घण्टामै कुलबिन्दर विधवा बन्न पुगिन् ।

salt training

कमेन्ट गर्नुहोस्