१८ असार २०८३, बिहीबार

मध्यरातमा श्रीमानले काटिदिए श्रीमतीको दुईओटै कान

कात्तिक २०, २०७४
मध्यरातमा श्रीमानले काटिदिए श्रीमतीको दुईओटै कान
काबुल, २१ माघ– अफगानिस्तानमा जरीना नाम गरेकी एक महिलाको मध्यरातमा दुबै कान काटिएको छ । कान काटेको अरुले होइन आफ्नै जीवनसाथीले हो । कान काटिँदा जरीना मस्त निन्द्रामा थिइन् ।jarina
जरीनाले यसअघि पनि पतीले आफूलाई यातना दिँदै आएको बताएकी छिन् भने उनीमाथि कडा कारबाहीको माग गरेकी छिन् ।
घटना बाल्ख प्रोभिन्स भन्ने स्थानको हो, जुन स्थान उज्वेकिस्तान र ताजकिस्तानको सीमा क्षेत्रमा पर्छ । २३ वर्षीया जरीनाको १३ वर्षको उमेरमा काशिन्दा लिजेसँग बिबाह भएको थियो भने त्यतिबेलै देखि उनी यातनाको शिकार भएकी थिइन् ।
स्थानीय अस्पतालमा उपचाररत उनले भनिन्, रातमा सुतिरहेको थिएँ, श्रीमानले हमला गरे । उनका अनुसार आफूलाई कुट्दै श्रीमानले चक्कुले दुबै कान काटिदिएका थिए ।
पीडितका अनुसार श्रीमानले सँधै उनलाई शंकाको दृष्टिले हेर्थे भने माइत जाँदा जरीनाले अरुनै युवकसँग सम्बन्ध कायम गर्ने गरेको अरोप समेत लगाउँथे ।

salt training

कमेन्ट गर्नुहोस्