
काठमाडौं, २४ चैत–कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले देशको विकासमा सबै पार्टी एक हुनुपर्ने बताएका छन् ।
टोखा नगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेलले विकास निर्माणमा अवरोध गर्नेलाई छुट दिन नसकिने बताए ।
विकास निर्माण मा अवरोध गर्ने व्यक्ति र संस्थालाई सहयोग नगर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए । विकास निर्माणमा अवरोध गर्नेलाई सामाजिक वहिष्कार गर्नुपर्ने पोखरेलको भनाइ थियो ।