
कालो हरिण शिकार प्रकरणमा पाँच वर्षको जेल सजाय पाएका अभिनेता सलमान खान जमानतमा छुटेका छन् ।
जमानत याचिकामाथि सेशन कोर्टले आफ्नो फैसला सुनाउँदै सलमानलाई जमानत दिएको हो ।
सेशन कोर्टका न्यायाधीश रविन्द्र कुमार जोशीले सलमानलाई जमानतमा रिहा गरेका हुन् । उनी आजै जेलबाट छुट्ने सम्भावना छ । उनी पचास हजार धरौटी तिरेर छुटेका हुन् ।