पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
पहिलो र मुख्य कुरा हामीसंग पुराना र अल्झेका कुराहरू धेरै छन् । मोदीजीको पनि यो अन्तिम वर्ष हो किनभने २०१९ मा त्यहाँ चुनाव हुँदैछ । पञ्चेश्वर र महाकालीको कुरामा त्यति जोड दिएको देखिएन । सामान्यरूपमा यस्ता आयोजनाहरूको कुरा गर्दिएर मात्र हुँदैन । हामीले यो तरिकाले गर्छौं भनेर योजना र खाकासहित भन्नुपर्थ्यो । रेलको कुरालाई जसरी जोड दिइएको छ, त्यसको काम भइरहेको छ र त्यो आउने पक्का भइसकेको छ ।
कहिले आउँछ भन्ने मात्र कुरा रह्यो । यो जयनगरबाट महोत्तरीसम्म जोड्ने कुरा त अघि बढिसकेको छ ।
रेल्वेबाहेक अरु संरचनाहरूको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । भारतले नेपालको हुलाकी राजमार्ग चालिस वर्षदेखि ओगटिरहेको छ, अहिलेसम्म बनिसकेर सुचारु भइसक्नुपर्ने थियो । सयौं पुलहरू बनाउनु पर्नेछ । अहिलेको ठूलो विरोधाभाष भनेको हुलाकी राजमार्ग बन्न किन यति धेरै समय लाग्यो भन्ने पनि हो ।
नेपालका कुनै पनि प्रधानमन्त्रीको भारत भ्रमणमा त्यो कुराको गृहकार्य हुने गरेको छैन । अर्को महत्त्वपूर्ण कुरा नदीको डुबानका सम्बन्धमा हो । सामान्यरूपमा कोशीको कुरा गरे पनि त्यसलाई दुवैतर्फ फाइदा हुने गरेर कसरी अघि लैजाने भन्ने कुरामा केही गृहकार्य पुगेको छैन । अध्ययन अनुसन्धान गरिएकै छैन ।
तत्कालै गर्नुपर्ने अर्को महत्त्वपूर्ण काम भनेको विराटनगरमा भारतले राखेको सुरक्षा पोस्टलाई हटाउनु हो, त्यसको त्यहाँ कुनै काम पनि छैन र नेपालको स्वाधीनतालाई त्यसले च्यालेञ्ज गरेको जस्तो देखिएको छ । त्यसमा कुनै छलफल भएन । बीस हजार मेघावाटका जालविद्युत आयोजनाहरू हामी बनाउछौं भनेर भारतीय सरकारी र निजी कम्पनिहरूले होल्ड गरेर राखेको अवस्था छ । दशकौंसम्म पनि त्यस्ता आयोजाहरू पुरा हुँदैनन् । लाइसेन्स लिने र प्रत्येक वर्ष त्यसलाई नवीकरण गरेर बस्ने खालको काम मात्र देखिएको छ । तिनीहरू कहिले पुरा हुने हुन्, त्यसमा भारत सरकारले के पहलकदमी लिनसक्छ भन्ने विषयमा कुनै छलफल भएन ।
अहिले नै सरकारको त्यति धेरै आलोचना गरिहाल्नु पनि सान्दर्भिक हुँदैन, किनभने १०० दिन पनि पार गरेको छैन । तयारी नगरीकन भ्रमणमा जान्छन्, अनि यसोउसो भन्छन् । पुराना निर्णय र सहमतिहरूको हालत हेर्दा निराशाजनक स्थिति छ भने अहिले प्रधानमन्त्रीले देखाएको उत्साह हेर्दा आशा गर्नुपर्ने ठाउँ पनि अलिअलि भेटिन्छन् ।
पेट्रोलियम पाइपलाइनको कुरामा अलि बढी जोड दिएजस्तो देखिन्छ, तर भारतले तेलमा लगाउने अतिरिक्त कर जीएसटी हटाउन आनाकानी गरिरहेको अवस्था छ । भारतले नेपाललाई व्यक्तिगत उपभोक्ताजस्तै गरेर तेल बेचिरहेको छ । हामीले सबैभन्दा महंगोमा उनीहरूसंग तेल किन्नुपर्ने अवस्था छ ।
सिधै पाइपलाइनमार्फत् तेल ल्याए पनि त्यसले तेलको आयात मूल्यमा कुनै तात्विक कमी ल्याउँदैन । पाइपलाइनको कुराभन्दा नेपालले सिधै कच्चा तेल विक्रेताहरूसंग ल्याएर भारतीय कम्पनिमा रिफाइन गर्न पाउने प्रावधान उपयुक्त हुने थियो । तर त्यसमा कसैले केही चासो देखाएको छैन ।
पहिला पनि हामीले कच्चा तेल किनेर ल्याएर सिंगापुर र भारतको बरौनीमा रिफाइन गरेर ल्याउने गर्थ्यौं, त्यसबाट तेलसंगै उत्पादन हुने अन्य कुराहरू पनि प्राप्त हुन्थ्यो । त्यो भएमा कमसेकम भ्यालु एडेड ट्याक्स तिर्नुपर्दैनथ्यो ।
समग्रमा भन्दा दुईवटा प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनले केही नयाँ कुरा गर्न खोजेको जस्तो देखाए पनि परम्पराको निरन्तरताभन्दा अघि बढेर कुनै पनि सम्झौताको कार्यान्वयन हुने कुरामा ठूलो शंका गर्ने ठाउँ छ ।
रकेटबाहेक सबै सम्झौता भएछ । कार्यान्वयन कति हुन्छ हेर्न बाँकी छ ।
(लोकान्तरकर्मी ईश्वर अर्यालले राजनीतिक विश्लेषक हरि रोकासंग गरेको संक्षिप्त कुराकानीमा आधारित)
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...