२९ जेठ २०८३, शुक्रबार

दिल्लीमा ओलीले भने, 'नेपालमा लोकतन्त्रलाई कुनै खतरा छैन'

दिल्लीमा ओलीले भने, 'नेपालमा लोकतन्त्रलाई कुनै खतरा छैन'

काठमाडौं, २४ चैत– भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोकतन्त्रमाथि कुनै खतरा नभएको बताएका छन् । कम्युनिस्ट नेतृत्वको सरकारले लोकतन्त्रलाई समाप्त पार्न सक्ने भन्ने खालका हल्ला चलाइएको भन्दै ओलीले दिल्लीमा भने, ‘यो सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छ । लोकतन्त्र समाप्त हुन्छ भनेर चलाइएका हल्लाको कुनै अर्थ छैन ।’

इन्डिया फाउण्डेशनले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै ओलीले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको उल्लेख गर्दै यसले दुवै देशको आर्थिक र सामाजिक विकासमा विशेष योगदान पुर्याउने बताए ।

वर्तमान सरकारले समृद्ध नेपाल र खुसी नेपालीको अभियान शुरु गरेको उल्लेख गर्दै ओलीले यसमा भारतको साथ र सहयोग रहने अपेक्षा पनि व्यक्त गरे ।  

नेपाल सरकारले आफ्नो भूमिमा भारतबिरोधी कुनै पनि गतिविधि हुन नदिने र त्यसका लागि भारतले चिन्ता लिनुनपर्ने ओलीको भनाइ थियो ।  

salt training

कमेन्ट गर्नुहोस्