२३ असार २०८३, मंगलबार

रुखबाट खसेर वडा सदस्यको मृत्यु

चैत २४, २०७४
रुखबाट खसेर वडा सदस्यको मृत्यु

बाजुरा, २४ चैत - बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रे भिरमा गएका बेला उहाँको रुखबाट खसेर मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्