१६ असार २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यालयमा आगालागी

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यालयमा आगालागी

काठमाडौं, २५ चैत– अमेरिकाको न्यूयोर्कस्थित ‘ट्रम्प टावर’मा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी भवनको ५० औं तलामा बस्दै आएको अधिकारीहरुले जनाएका छन् । 

आगलागी कसरी भयो भन्नेबारे प्रष्ट भइसकेको छैन । हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्