१२ असार २०८३, शुक्रबार

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज, २५ चैत-  सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्