३१ जेठ २०८३, आइतबार

मठमन्दिर गाई बाच्छा बचाउ अभियानलाई महिन्द्रा बोलेरो

मठमन्दिर गाई बाच्छा बचाउ अभियानलाई महिन्द्रा बोलेरो

काठमाडौं, २५ चैत- नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ । मठमन्दिर गाई बाच्छा बचाउतथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्दार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रमयही चैत २१ गते होटलयाक एण्ड यतिमा सम्पन्न गरिएको थियो । अग्निइन्कर्पोरेटेड प्रा.लिका कार्यकारी निर्देशक सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो प्रदान गरेका थिए । 


नेपालमावार्षिक करिव ८ हजार जनावर विशेष गरी साँडे एवं बाच्छाहरु सडकतथा राजमार्गहरुमा त्यसै छोडिने गरिन्छ । करिव २५ हजार कुकुर एवं बिरालो सडकमा छाडा रुपमा काठमाडौंका सडकहरुमा भेटिन्छन् । यस्ता जनावरहरु खाना, पानी तथा उपयुक्त वासस्थानको कमीले गर्दा दुःखपाइरहेको अवस्थालाई मध्यनजर गरी महिन्द्राले त्यस्ता जनावरहरुको जीवन उद्धारको लागि कार्यरत संस्था मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानलाई गाडी प्रदान गरेको हो । 


विगतका वर्षहरुमा सो संस्थाले जनावरहरुलाई मोटर साइकलको पछाडिको सिटमा राखी उद्धार गर्दै आएको थियो । अब उपरान्त जनावरहको उद्दारमा एवंं महिन्द्राको गाडीको प्रयोग गरी त्यस्ता जनावरहरुलाई सहज एवं शीघ्र रुपमा उद्दार गर्ने विश्वास अग्नि गु्रपले लिएको छ । 

अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपप्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यीकम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथाविद्युतीयकार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्