
काठमाडौं, २५ चैत- विगत डेढ दशकदेखि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइने भएको छ । काठमाण्डौं स्थित पुतलीसडकमा कार्यालय रहेको एक्सपर्टको लोगो अंकित झण्डालाई विगतमा सशस्त्र प्रहरीमा कार्यरत डिल्लीराम पराजुलीले सगरमाथमा पु¥याउने भएका हुन् ।
झापाको मेचीनगर घर भई हाल अष्ट्रेलिया बस्दै आएका डिल्लीरामले बदलिँदो विश्व परिवेशमा अन्तर्राष्ट्रिय मुलुकमा उच्च शिक्षाका लागि अध्ययन गर्न जानु स्वभाविक रहेको वताउँदै अष्ट्रेलिया अध्ययन गर्न जानेहरुका लागि भरपर्दाे र विश्वसनीय सेवा प्रदान गरेका कारण आफूले एक्सपर्टको लोगो सगरमाथामा पु¥याउन लागेको वताए । डिल्लीरामका अनुसार एक्सपर्टबाट अष्ट्रेलिया पुग्ने नेपाली विद्यार्थीहरुले खासै समस्या झेल्नु नपरेको र समस्या परेका विद्यार्थीहरुलाई अष्ट्रेलिया स्थित एक्सपर्टका शाखा कार्यालयहरुले सहयोग प्रदान गर्दै आएका छन् ।
एक्सपर्टको कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रममा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका प्रवन्ध निर्देशक खेमराज सग्रौलाले डिल्लीराम पराजुलीलाई संस्थाको लोगो अंकित झण्डा प्रदान गर्नु भएको थियो ।
डिल्लीरामलाई आरोहण सफलताको सुभकामना दिँदै सग्रौलाले सगरमाथा आरोहण पश्चात अष्ट्रिेलियन पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि आफ्नो तर्फबाट योगदान पु¥याउन समेत पराजुलीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै निर्देशक संग्रौलाले ‘एक्सपर्टले विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुसँगसँगै विभिन्न सामाजिक उत्तरदायित्व सम्वद्ध काम गर्दै आएको’ बताउनु भयो । एक्सपर्टले प्राकृतिक प्रकोप जस्ता दुर्घटनाहरुमा राहात र उद्धार सम्वद्ध कार्य गर्दै आएको स्मरण गर्दै सग्रौलाले ‘खेलकुद र शैक्षिक विकास जस्ता कार्यहरुमा आफूहरुले विभिन्न काम गरिरहेको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने बताउनु भयो ।’