१७ असार २०८३, बुधबार

अघि बढे देउवा

चैत २६, २०७४
अघि बढे देउवा

काठमाडौं, २६ चैत– संसदीय दलको नेतामा भारी मतसहित विजयी भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारी मनोनयनका लागि तयारी थालेको खबर आजको राजधानी दैनिकले छापेको छ । 
तीनै तहको निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि आलोचना जारी  रहँदैका बीच पार्टी भित्रको आन्तरिक निर्वाचनमा बलियो बनेका देउवा केन्द्रीय समितिमा समीक्षा जारी रहेकै मौकामा पार्टीको रिक्त पदहरुमा भर्पाईको तयारीमा जुटेका हुन् । 
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार ३ बैशाखदेखि पुन सुरु हुने स्थगित केन्द्रीय समितिको बीचमा यी विषयमा निर्णय हुन सक्ने र केन्द्रीय समितिको बैठकबाट त्यसलाई अनुमोदन गर्ने देउवाको तयारी छ । 
 

कमेन्ट गर्नुहोस्