०७ असार २०८३, आइतबार

जिप दुर्घटनामा मामा भान्जासहित तीन जनाको मृत्यु

जिप दुर्घटनामा मामा भान्जासहित तीन जनाको मृत्यु

सिन्धुपाल्चोक, २६ चैत– सिन्धुपाल्चोकको मेलम्चीबाट पिपलटार झिल्केतर्फ जाँदै गरेको जिप गएराति दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलम्ची नगरपालिका–९ पिपलटारका अन्दाजी वर्ष ३५ का सुरेश तामाङ, वर्ष ४२ की मोति अधिकारी र वर्ष १३ का कमल स्याङ्बो रहेका छन् । 

सुरेश र कमल मामा भान्जा हुन् । सुरेश गाडी धनी र चालक हुन् । अधिकारीले घर निर्माणका लागि निर्माण सामग्री लिएर जाँदै गरेको जिप दुर्घटनामा परेको हो । बिहान बाटो हिड्नेले जिप दुर्घटनामा परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

बा १८ च ४६९९ नम्बरको बोलेरो जीप सडकबाट करिब २५० मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्