०६ असार २०८३, शनिबार

कपिल शर्मा फेरि विवादमा, पत्रकारलाई धम्की, छोरीका बारेमा अभद्र भनाइ

कपिल शर्मा फेरि विवादमा, पत्रकारलाई धम्की, छोरीका बारेमा अभद्र भनाइ

हास्यकलाकार कपिल शर्मा फेरि विवादमा परेका छन् । 

मुम्बइमा एक पत्रकारसँग झगडापछि उनी विवादमा फसेका छन् । 

एक मनोरञ्जन न्यूज वेभसाइटका अनुसार कपिल शर्माले उनका प्रमुख सम्पादक विक्की लालवानीलाई फोनमा धम्की दिएर गाली गरेका थिए । 

उता कपिल शर्माले लालवानीसमेत तीन जना विरुद्ध प्रहरीसमक्ष उजुरी गरेका छन् । 

समाचारले एक अडियो टेप पनि सार्वजनिक गरेको छ जसमा कपिल शर्माले अभद्र टिप्पणी गरेको सुनिएको छ । 

स्पटव्याइका सम्पादक विक्की लालवानीले बताए,‘गए राति अफिसमा बसिरहेका थियो ६ बजे कपिल शर्माले फोन गरे । फोन उठाउनासाथ उनले गाली गर्न शुरु गरे ।’

लालवानीका अनुसार कपिल शर्माले उनकी आमा र छोरीका बारेमा गलत भने । 

लालवानीका अनुसार उनले कपिल शर्मालाई निकै सम्झाउन खोजे । 

समाचारमा ट्रेड एनालिस्ट अमोद मेहराले भनेको कुरा लेख्दा कपिलले लालावानीलाई गाली गरेका हुन् । 

कपिल शर्माको टीमका तर्फबाट उनकी पूर्व प्रेमिका प्रीति, अन्य एक महिला नीति तथा वेभसाइट स्पटबोइका विरुद्ध आरोप पत्र दर्ता गरेको छ । 

छ महिना पहिला स्पटव्वाइ नामको मिडिया कम्पनीले कपिल शर्माका बारेमा संवेदनशील जानकारी नछाप्ने हो भने २५ लाख रुपैयाँ माग गरेको आरोप लागेको छ । 

यसका साथ नीति तथा प्रीतिमाथि आरोप लागेको छ कि उनले कपिल शर्मासँग जोडिएको महत्वपूर्ण जानकारी मिडियामा लिक गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्