
शनिवार राति ओडिशाको तितलागढ स्टेशनमा २२ डिब्बावाला एक यात्रुवहाक रेलले विना कुनै इन्जिन १५ किलोमिटरको यात्रा तय गरेको छ ।
राति लगभग १० बजे तितलागढ स्टेशनमा अहमदाबाद पुरी एक्सप्रेस रोकिएको थियो । यात्रीले भरिएको २२ डिब्बावाला रेल संबलपुर जानलागेको थिया र ट्रेनको इन्जिल बदल्नु पर्ने थियो । यसबीचमा जब ट्रेनको इन्जिन निकालियो तब त्यो प्लेटफर्मबाट निकलिएर करिब दुई घन्टा विना इन्जिन रेल कुदेको छ ।
बिना इन्जिन रेल कुदेको सार्वजनिक भएसँगै सबै क्रसिङलाई बन्द गरिएको थियो ।
१५ किलोमिटरको यात्रा तय गरेपछि रेललाई राति १२ बजे कसिगा स्टेशनमा ढुंगाको मद्दतमा रोकिएको थियो ।
इस्ट कोस्ट रेलवेका मुख्य सुरक्षा अधिकारी एस एस मिश्रले यसलाइ ट्रेन चालको लापरवाही भएको बताए ।
रेलवेले यस मामलाको उच्च स्तरीय जाँच गर्न आदेश जारी गएको छ ।
रेलमा सवार सवै यात्रु सुरक्षित छन् ।