१० असार २०८३, बुधबार

सलमान खान नेपाल आउने भए,  जेठ १२ गते टुँडिखेलमा कार्यक्रम

सलमान खान नेपाल आउने भए,  जेठ १२ गते टुँडिखेलमा कार्यक्रम

काठमाडौं, २६ चैत– सलमान खान जेठ १२ गते नेपाल आउने भएका छन् । 

अघिल्लो महिना नेपालमा आयोजना हुने भनिएको टुर क्यान्सिल भएपछि खानको नयाँ भ्रमण मिति तय भएको हो । 

केही दिन पहिला २० वर्ष पुरानो मुद्दामा पाँच वर्ष जेल सजाय पाएका सलमान शनिवार धरौटीमा रिहा भएका थिए । उनी जेलबाट छुटेलगत्तै नेपाल आउने कार्यक्रम तय भएको हो । 

दबंग द टुर नाम दिएर आयोजना गर्न लागिएको कार्यक्रम नेपालस्थित ओडीसी इन्टरनेशनले गर्न लागेको हो । गत फागनु २६ मा शो गर्ने तयारी गरिएको भए पनि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले विरोध गरेपछि स्थगित भएको थियो । 

ओडीसी इन्टरटेनमेन्टलाई भारतको जेए इभेन्ट्से पत्र पठाउँदै २६ मे –जेठ १२)मा सलमान नेपाल आउने जानकारी गराएको हो । 

सलमानसँगै भारतीय कलाकार सोनाक्षी सिन्हा, प्रभु देवा, दिशा साहा, मनिष पल लगायत आउने भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्