
काठमाडौं, २१ माघ– भारत उत्तर प्रदेशमा युवतीको मोबाइल नम्बर खुलेआम बिक्री भइरहेको छ ।
मोबाइल फोन रिचार्ज गर्नेवाला पसलमा युवतीको मोबाइल नम्बर बेचिने गरेको हो । बिक्रेताले युवतीको सुन्दरता र शरीरको बनावटका आधारमा ग्राहकलाई बेच्ने रकम तय गर्ने गरेका छन् ।
किन्नेवालले युवतीको नम्बरमा फोन गरेर युवतीलाई धम्काउने वा फकाएर फसाउने काममा प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
टाइम्सका अनुसार महिला प्रहरी हेल्पलाइनमा आएको उजुरीका आधारमा यस्तो गिरोहको पत्ता लागेको जनाइएको छ । सन् २०१२ को डिसेम्बर ३१ देखि २०१६ को बीचमा ६ लाख ६१ हजार भन्दा धेरै उजुरी दर्ता भएको छ ।
जसमध्ये ५ लाख ८२ हजार भन्दा धेरै उजुरी फोन नम्बर किनेर गरिएको जनाइएको छ ।