२३ असार २०८३, मंगलबार

कर्णाली प्रदेशसभा वैठकद्वारा संसदीय समिति गठन

कर्णाली प्रदेशसभा वैठकद्वारा संसदीय समिति गठन

सुर्खेत २६ चैत– कर्णाली प्रदेशको संसदको पहिलो अधिवेशन अन्र्गतको दशौं वैठकले सोमबार चार वटा संसदीय समिति गठन गरेको छ ।

बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो ।

वैठकले अर्थ तथा प्राकृतिक स्रोत समितिमा सांसदहरु अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, वीरबहादुर शाही, यामलाल कँडेल, सिताकुमारी नेपाली, सोशीला शाही र हिमबहादुर शाही सदस्य रहेका छन्  ।

विद्यायन तथा प्रदेश मामिला समितिमा सांसदहरु चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मिनासिंह रखाल सदस्य रहेको कर्णाली प्रदेशका सभामुख राजवहादुर शाहीले बताए ।

सभामुख शाहीका अनुसार सार्वजनिक लेखा समितिमा सांसदहरु करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनवन्धु श्रेष्ठ र बद्मी क्वारी बोहरा सदस्य रहेका छन् । 

सामाजिक विकास समितिमा कृष्ण शाह, कौशीलावति खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशीलकुमार थापा सदस्य छन् । चार वटै समितिमा रहने सदस्यहरुको नाम संसद बैठकबाट सर्वसम्मत अनुमोदन भएको सभामुख शाहीले जानकारी दिए ।  

समितिका सदस्यहरुको बैठकबाट अध्यक्ष चयन गरिने छ । संसदको आठौं बैठकले समितिमा सभापतिको सट्टा अध्यक्ष राख्ने निर्णय पारित गरेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्