२८ असार २०८३, आइतबार

एन आई सी बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोकबजारमा

एन आई सी बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोकबजारमा

काठमाडौं, २६ चैत–  एन आई सी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजार शाखाको सोमबार एक समारोहका बिच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा विधिवत् उद्घाटन गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथी रेनु दाहालले एन आई सी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको बताइन् । साथै उक्त कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिँदै जाने जानकारी दिए ।

साथै, बैंकलाई सर्वसाधारणबाट प्राप्त प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको सञ्चालककाे दावी छ  । बैंकको वासलातको आकार रू १५४ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्