०१ असार २०८३, सोमबार

बुढानिलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत र इन्जिनियर ५ लाख घुससहित पक्राउ

बुढानिलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत र इन्जिनियर ५ लाख घुससहित पक्राउ

काठमाडौं, २६ चैत– काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत र एकजना इन्जिनियर ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  

प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठलाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति ८ बजे रंगेहात पक्राउ गरेको हो । 

नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय छेउमै सडकमा गाडीसहित प्रशासकीय अधिकृत अधिकारी र इन्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता दीर्घराज मैनालीले लोकान्तरलाई बताए । 

‘सेवाग्राहीबाट घुसलिएर इन्जिनियरले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउँदै गर्दा दुवैजनालाई नियन्त्रणमा लिइएको छ,’ प्रवक्ता मैनालीले लोकान्तरसँग भन ।  
 

salt training

कमेन्ट गर्नुहोस्