२४ जेठ २०८३, आइतबार

विराट गोल्डकपको उपाधि थ्रीस्टारले जित्यो

विराट गोल्डकपको उपाधि थ्रीस्टारले जित्यो

विराटनगर, २६ चैत -विराटनगरमा जारी विराट गोल्डकपको उपाधि थ्रीस्टारको पोल्टामा गएको छ । सोमबार  बिराटनगरमा सम्पन्न प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराउदै थ्री स्टारले  उपाधि जितेको  हो । 
थ्रीस्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गरे  । विराट गोल्ड कपको पाँचौ संस्करणको फाईलन खेलमा त्रिभुवन आर्मीको तर्फबाट एक गोल पनि हुन सकेन  । 
पटकपटक पाएको मौकाको सदुपयोग गर्न नसकेको आर्मीले विराट गोल्डकपमा लज्जास्पद हार ब्यहोर्न पुग्यो  ।

यो सिजनमा ११ वटा प्रतियोगितामा सहभागी भएकोमा आर्मीले  सातवटाको उपाधि कब्जा गरेको थियो  । उसले यसअघि विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधि जितेको थियो  । 
१० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ । उसले इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितेको छ ।
प्रतियोगितामा विजेता थ्रीस्टारले १२ लाख ७१ हजार र उपविजेताले आर्मीले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गरेका छन् । 
यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड पनि प्रदान गरिएको  छ। उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्