२२ असार २०८३, सोमबार

चार्जमा लगाएर मोबाइल चलाउँदै गरेका सुर्य राईको चट्याङ् लागेर मृत्यु

चैत २७, २०७४
चार्जमा लगाएर मोबाइल चलाउँदै गरेका सुर्य राईको चट्याङ् लागेर मृत्यु

विराटनगर, २७  चैत– संखुवासभा र ताप्लेजुङमा  करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । संखुवासभाको चिचिला  गाउँपालिका–४  डाँडागाँउ बस्ने १६ बर्षिय सुर्य राईको करेन्ट लागेर मृत्यु भएको हो । 

मामा कमानसिंह राईको घरमा मोबाइल चार्जमा लगाएर चलाउने क्रममा अचानक चट्याङ परी करेन्ट लागेको प्रहरीले जनाएको छ । 

यस्तै ताप्लेजुङको आठराई गाउँपालिका–३ मा पनि करेन्ट लागेर दुईजना घाईते भएका छन्  । स्थानीय सञ्चरानी मग्राती र भारतको विहार राज्य सुपौल घर भएका जागिर आलमललाई करेट लागेको हो । घाईहरुको उपचारको लागि विएनसी अस्पताल विर्तामोड ल्याइएको छ । 

ताप्लेजुङकै मेरिङदेन गाउँपालिका–४ लिङतेप बस्ने ३४ बर्षिय तिलोक नाल्वो लिम्बु पनि करेन्ट घाइते भएका छन्। आफ्नै घरमा विधुत मर्मत गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको हो । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरेहको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्