
काठमाडौं, २८ चैत–एनआईसी एशिया बैंकले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा अर्जुन राज खनियालाई मनोनित गरेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।
मनोनयनसँगै खनियाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
खनिया एन आई सी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा कुशल भूमिका निर्वाह गर्दै आएका छन् ।
जाजरकोटको खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि २०७४ मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तीय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।