
काठमाडौं, २९ चैत– प्रहरीले काठमाडौंबाट *५० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर स्रोतका अनुसार काठमाडौंको ठमेलबाट ५० लाख भारु बरामद गरिएको हो ।
नेपालबाट भारत लैजान ठिक्क पारिएको भारु बरामद भएको प्रहरी स्रोतले जनाएको छ । भारतले प्रतिबन्धित गरेका पुराना ५ सय र १ हजार दरका गरी ५० लाख बराबरका भारतीय नोट बरामद भएको प्रहरी स्रोतको भनाइ छ ।
* सच्याइएको ।