२२ जेठ २०८३, शुक्रबार

यो एउटा चकलेटको मूल्य १० लाख !

यो एउटा चकलेटको मूल्य १० लाख !

एउटा चकलेटको मूल्य कति पर्ला, सहजै उत्तर दिन सक्नुहुन्छ । केही सय वा धेरै भए हजार । 

तर एक यस्तो चकलेट सार्वजनिक भएको छ जसको मूल्य करिब १० लाख पर्छ । 

पोर्चुगलको एक शहर आविडासमा भएको अन्तर्राष्ट्रिय चकलेट उत्सवमा विश्वको सवैभन्दा महंगो चकलेट सार्वजनिक भएको हो । 

सुनको हार भन्दा पनि महंगो यो चकलेटको विक्री पनि विशेष रुपमा गरिने छ । 

यो खास ज्वेलरी बक्समा राखेर बेचिनेछ । 

ग्लेसियर नामको यो चकलेटको मूल्य करिब ७७२८ यूरोको हो अर्थात नेपाली रुपैयाँमा करिब १० लाख रुपैयाँ पर्न जान्छ । 

यो चकलेट बनाउने कम्पनीले करिब १ वर्ष लगाएर यो बनाएको हो । 

यो चकलेट करिब १ हजार पीस बनेको छ जसलाई युएई, रुस, अंगोला, अर्जेन्टिना लगायतका देशमा पठाइने छ । जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले महंगो चकलेटको रुपमा प्रमाणपत्र दिएको छ । 

यो चकलेट किन यति महंगो भयो त ?

यसमा केही यस्ता पदार्थ राखिएको छ जसका कारण यो निकै महंगो बन्न गयो । यो चकलेटमा केसर, खास खालको फल टरफल, काजुको तेल, वनिला र २३ क्यारेट सुनको लेप लगाइएको कम्पनीले जनाएको छ जसका कारण यो चकलेटको मूल्य विश्वकै सवैभन्दा महंगो भएको दाबी गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्