२५ जेठ २०८३, सोमबार

बाबुराम भट्टराईले फिर्ता गरे सबै सुरक्षाकर्मी

बाबुराम भट्टराईले फिर्ता गरे सबै सुरक्षाकर्मी

काठमाडौं, २९ चैत– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी सरकारलाई फिर्ता गरेका छन् । 

करिब १२ वर्षदेखि सुरक्षा घेरमा रहँदै आएका डा. भट्टराईले बिहीवार सबै सुरक्षाकर्मी फिर्ता गरेका हुन् । अब उनी सुरक्षाकर्मी बिनै हिँड्ने छन् । 

भट्टराईले बिहीवार औपचारिक रुपमा आफ्नो सुरक्षामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकुडीलाई बिदाइ गरेका हुन् । नयाँ शक्ति ठगन गर्नु अगाडि भट्टराईलाई सरकारले माओवादीको उच्च नेतृत्वको हैसियतमा सुरक्षा प्रदान गरिरहेको थियो ।  

शान्ति प्रक्रियामा आएदेखि नै सुरक्षाकर्मीको घेरमा रहेका भट्टराईको सुरक्षाका लागि पछिल्लो समय सरकारले २९ जना सुरक्षाकर्मी खटाएको थियो । 

पूर्वप्रधानमन्त्रीको हैसियतामा भट्टराईको सुरक्षाका लागि  नेपाल प्रहरीबाट निरीक्षक चन्द्र केसीको नेतृत्वमा १० र सशस्त्र प्रहरीका निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा १९ जना गरी २९ जना सुरक्षाकर्मी तैनाथ थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्