
काठमाडौँ, ३० चैत- उखु किसानले दुई बर्षदेखि सवा ७ अर्ब रुपैयाँ पाएका छैनन् ।
४ महिनायता उद्योगीको १ लाख ७० हजार टन चिनी विक्री नभई थन्किएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य घट्ने क्रममा रहे पनि उपभोक्ता प्रतिकिलो ८५ देखि ९० रुपैयाँ तिर्न बाध्य छन् ।
यी तथ्यले देखाउँछ चिनी कारोवार व्यवस्थित हुन नसक्दा बर्षौदेखि किसान, उपभोक्ता र व्यवसायी तीनै पक्ष मार्कामा पर्दै आएका छन् ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालिका अनुसार उखु तौलेर जिम्मा लगाएपछि ३० देखि ४५ दिनभित्र रकम भुक्तानी गर्ने सम्झौता भएको थियो ।कान्तिपुरमा खबर छापिएको छ ।