१० असार २०८३, बुधबार

पत्नीले थर्काएपछि शाहिद कपूर दीपिकासँग नजिकिनै डराए

कात्तिक २०, २०७४
पत्नीले थर्काएपछि शाहिद कपूर दीपिकासँग नजिकिनै डराए
मुम्बई,२७ मंसिर– बलिउड अभिनेत्री दीपिका पादुकोणको नयाँ आउन लागेको पद्मावती फिल्ममा शाहिद कपूरले रोमान्स दृश्यहरु नदिने भएका छन् । फिल्ममा हुने रोमान्स दृश्यलाई लिएर पत्नीले आपत्ति जनाउने देखिएपछि शाहिदले दीपिकासँग रोमान्स दृश्य दिन मनाही गरेका हुन् ।


बलिउड निर्देशक सन्जय लीला भंसालीले निर्माण गर्न लागेकोे पद्मावती फिल्ममा दीपिका पादुकोण पतिका रुपमा राजा रतन रावल सिंहको भूमिकामा शाहिद कपुरले खेल्दै छन् ।
शाहिद पत्नी मीरा राजपूतले पति शाहिदलाई पद्मावतीमा रोमान्स दृश्यमा नदिन दबाब दिएकी थिइन् ।

शाहिदले फिल्ममा पत्नीको चाहना विपरित दीपिका पादुकोणसँग रोमान्स दृश्य नदिने खबर छ । शाहिदका अनुसार फिल्ममा रोमान्स दृश्यमा सहभागी हुँदा आफ्नी पत्नीको प्रतिक्रिया राम्रो नहुने ठानेर उनले फिल्ममा दीपिकासँग रोमान्स दृश्य दिन अस्वीकार गरेको खबर छ ।

हालै शाहिदले यस विषयमा फिल्मका निर्देशक सन्जय लीला भंसालीसँग छलफल गरेका छन् । फिल्ममा दीपिका र शाहिद बीचको रोमान्स दृश्य सकेसम्म कम गरिने तयारी भइरहेका खबर छ ।

शाहिदको यस निर्णयबाट शाहिद पत्नी मीरा निकै खुशी भएको बताइएको छ । फिल्ममा रणवीर सिंह अलाउदीन खिलजीको भूमिकामा देखा पर्दैछन् जो दीपिको सुन्दरता देखेर मोहित हुन्छन् । पद्मावती फिल्ममा तीनै कलाकारको भूमिका सशक्त रहेको छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्