०३ साउन २०८३, आइतबार

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको मोबाइल एप सार्वजनिक

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको मोबाइल एप सार्वजनिक

काठमाडौं, ३० चैत- नेपालको लगानी क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अत्याधुनिक नबिल इन्भेष्ट एप सार्वजनिक गरेको छ ।  नबिल इन्भेष्टमेन्टको डि(म्याट खाता, पोर्टफ्mोलियो म्यानेजमेन्ट सर्भिस् (पि एम एस), सामुहिक लगानी कोष, शेयर बाँडफाँड, शेयर बजार, तथा समसामयिक सुचनाहरु एकै ठाउँमा देख्न सकिने गरी सो एप ल्याइएको हो । 


सार्वजनिक भएको एप गुगलमा सर्वत्र उपलब्ध छ भने आइओएसमा पनि चाँडै नै उपलब्ध हुने संस्थाले जनाएको छ ।  मोबाइल एप सेवामार्फत ग्राहकहरुले आफ्नो डि(म्याट खाता तथा पि।एम्।एस्। को सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने छन् । 

समयको प्रवाहसँगै आगामी दिनहरुमा चाँडै यस एपमार्फत नै डि(म्याट खाता खोल्न सक्ने तथा अनलाइन पेमेन्ट गर्न सक्ने जस्ता अत्याधुनिक सुविधाहरू चाँडै संचालन गर्ने योजना रहेको इन्भेष्टमेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्