मुम्बई, ३० चैत– गत फेब्रुअरीमा दुबईमा निधन भएकी श्रीदेवीलाई परणोपरान्त उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार दिइएको छ ।
श्रीदेवीले राष्ट्रिय फिल्म अवार्डमा चलचित्र ‘माम’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् ।
यस्तै चलचित्र न्यूटनले बेष्ट हिन्दी फिल्म अवार्ड जिते भने यही फिल्मका अभिनेता पंकज कपूरले स्पेशल अवार्ड जिते । ।
त्यसैगरी बाहुबली–२ ले बेष्ट एक्सन डाइरेक्टर तथा बेष्ट स्पेशल इफेक्ट मुभीको अवार्ड जितेको छ ।