२२ जेठ २०८३, शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य

चैत ३०, २०७४
पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य

इस्लामावाद, ३० चैत - पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउनु हुने भएको छ । 

पाकिस्तानको सर्बोच्च अदालतले उहाँलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । 

पाकिस्तानी संविधानको धारा ६२ अनुसार उहाँलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ । यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । 

भ्रष्टाचारको आरोप लागेपछि उहाँले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । 

उहाँ झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्