०९ असार २०८३, मंगलबार

कर्मचारी अभाव समस्या १५ दिनभित्र अन्त्य : मन्त्री पण्डित

चैत ३०, २०७४
कर्मचारी अभाव समस्या १५ दिनभित्र अन्त्य : मन्त्री पण्डित

नुवाकोट, ३० चैत - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताएका छन्  । 

जिल्ला समन्वय समिति नुवाकोटमा आज आयोजित कार्यालय प्रमुख र निर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारी अभावले सरकार सञ्चालनमा कठिनाइ भएकाले चाँडै समस्या समाधान गरिने बताए  । 

“कर्मचारीलाई कुन ठाँउमा जान चाहेको हो, त्यसको आधारमा उनीहरुको रोजाइमा पन्ध्र दिनभित्रै पठाउन लागिरहेका छौँ”–उनले भने , “सरकारले रोजेको स्थानमा पठाउने नीति अवलम्बन गरेकाले राष्ट्रसेवक कर्मचारी भएर जान्न भन्नेलाई सधैँको लागि बिदा गरिनेछ ।” 
“कर्मचारी र जनप्रतिनिधिलाई विशिष्ट कूटनीतिक भ्रमणबाहेक बाँकी सबै भ्रमण रोकेका छौँ”–उनले भने , ‘‘सरकारी अनुमति नलिई कोहीपनि कुनै बाहनामा अब विदेश जान पाउँदैन ।” 

salt training

कमेन्ट गर्नुहोस्