१८ असार २०८३, बिहीबार

झापा र मोरङमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

बैशाख २, २०७५
झापा र मोरङमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर, २ वैशाख– झापाको दुई स्थानमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विर्तामोड नगरपालिका–२ मा मे १ ख १३७१ नम्बरको बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।

विर्तामोड १ का प्रेम राईको बसको ठक्करबाट मृत्यु भएको हो । बसको ठक्करबाट गम्भिर घाइते राईको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

साइकल पछाडी सवार उनकै  ९ बर्षिय छोरा करण राई र बसका सह–चालक विशाल कार्की घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ । 

यस्तै कन्काइ नगरपालिका–४ मा रोकी राखेको को १ ख ४८८७ नम्बर ट्रकमा मे २ प ५४१६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक कन्काइ नगरपालिका–३ सुरुङ्गाका बिष्णु सूर्य मगरको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष २५ का निमेश गुरुङ घाइते भएका छन् । 

निमेशको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोरङमा एकको मृत्यु
मोरङको कानेपोखरीको  खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। को २८ प ८०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक  कानेपोखरी गाउँपालिका ८ बस्ने २२ वर्षीय सुजन कोइरालाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । 

मोटरसाइकल पछाडी सवार मोरङ सुन्दर–हरैचा नगरपालिका ८ बस्ने अनिस भट्टराई गम्भीर घाइते भएका छन्  । उनको वीपी कोईरुाला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्