१५ असार २०८३, सोमबार

परराष्ट्रमन्त्री ज्ञवालीलाई चीनमा  स्वागत

बैशाख ४, २०७५
परराष्ट्रमन्त्री ज्ञवालीलाई चीनमा  स्वागत

काठमाडौँ, ४ वैशाख - चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ । 

मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उहाँले नेपालले संविधान जारीसँगै पछिल्लो तीन वर्षमा राजनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको अवगत गराउँदै संविधानको कार्यान्वयनका लागि तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । 

उहाँले दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्दै चीनले नेपालको हरेक क्षेत्रमा गर्दै आएको सहयोगको सरहाना गर्नुका साथै आगामी दिनमा समेत अझ बढोत्तरी हँुदै जाने अपेक्षा गर्नुभयो । 

मन्त्री ज्ञवालीले नेपाल चीनको शान्तिपूर्ण विकास देखेर खुशी हुनुका साथै शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलको सिद्धान्तका आधारमा विश्व मामिला प्रवद्र्धनमा चीनको बढ्दो भागिदारीका साथ विश्व आर्थिक विकास र स्थिरताको सम्भावना देखिएको उल्लेख गर्नुभयो । 

समारोहमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, दूतावासका कर्मचारी, अन्य कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
उहाँ चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार चीन प्रस्थान गर्नुभएको हो । 
भ्रमणका दौरानमा उहाँले विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङमा त्यहाँका उच्च राजनेतासँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँ आगामी शनिबार स्वदेश फर्कनु हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्