
काठमाडौं, ५ बैशाख– राष्ट्रिय मानवअधिकार आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दै आयोगमा क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरुमा रिक्त रहेको पदहरुमा दरखास्त आह्वान गरिएको जनाएको छ ।
आयोगले निर्देशक, उपनिर्देशक, मानवअधिकार अधिकृत र लेखा अधिकृत पदमा गरी ५० जना कर्मचारीको माग गरेको हो ।
योग्य र इच्छुक उम्मेदवारले बुधबार सूचनाप्रकाशित भएको मितिले २१ दिन र दोब्बर दस्तुर तिरी थप सात दिनभित्र आयोगको कन्द्रीय कार्यालय हरिहर भवनमा आवेदन बुझाउन सक्नेछन् ।
